Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – केही दिनअघि मात्रै गायिका इन्दिरा जोशीले सार्वजनिक गरेको गीतमा अहिले चोरेको आरोप लागेको छ। ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग हुबहू मिल्न गएपछि चोरीको आरोप लागेको हो। अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ भने उक्त गीत जोशीले आफ्नै शब्द, संगीत र स्वरमा एक साताअघि मात्रै सार्वजनिक गरेकी थिइन्।

Read More

काठमाडौँ – नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा…

Read More

काठमाडौं – अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा माथि मंगलबारदेखि छानबिन थालिने भएको छ।करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा एमालेका ४ सांसद, २–२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन्। अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ। ‘शर्मामाथि छानबिनका लागि गठित…

Read More

पोखरा– गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो । शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमालेले उठेर विरोध जनाएको हो । ‘वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा प्रतिपक्षीमा रहेको हिसाबले मात्र होइन, सत्तापक्ष र समग्र पत्रकार र नागरिक समाजको पनि आपत्ति छ । प्रतिपक्षीले नउठाउने हो भने जे कमजोरी भएको छ, हामीले पनि समर्थन गरेको ठहरिन्छ,’ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘प्रतिपक्षीको हिसाबले उठाउनैपर्छ ।…

Read More

काठमाडौं – अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारी सँग आज (शुक्रबार) लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ । नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहर सँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेकी हुन् ।

Read More

काठमाडौं – गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो। उनको उपचारको क्रममा निधन भएको हो।प्रहरीले एक शंकास्पदलाई पक्राउ गरी छानविन अगाडि बढाएको छ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं – संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ । प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छरछे’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए…

Read More

धनगढी – भारतीय मुस्लिम युवकसँग विवाह गरेकी अछामकी एक अहिले युवती भारतीय प्रहरीको नियन्त्रणमा रहेकी छिन् । भारतको उत्तर प्रदेश (युपी) स्थित शहजादनगरको मजमाउ गाउँका एक मुस्लिम युवकले नेपालकी एक हिन्दु युवतीलाई आफू हिन्दु भएको जनाउँदै झुक्याएर विवाह गरेपछि अहिले आएर मुस्लिम धर्मावलम्बीको कागजात बनाउन लागेपछि भएको विवादमा युवक र युवती दुवै भारतीय प्रहरी नियन्त्रणमा परेका हुन् । अछाम पञ्चदेवल नगरपालिकाकी जानकी धामी र मगमाउ स्थायी घर भई धनगढीमा टेलरको काम गर्ने फिरोज अहमदबीच हिन्दू परम्पराअनुसार विवाह भएको देखिएको छ । धनगढीमै हिन्दूपरम्पराअनुसार विवाह गरेका फिरोजले गत असार १ गते भारतस्थित आफ्नो घरमा लगि युवतीलाई मुस्लिम धर्मकी भन्दै नक्कली आधारकार्ड…

Read More