Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेश प्रमुख तोकिएका छन्। त्यस्तै, रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुखमा खटाइएको छ।

Read More

जनकपुर – मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९-०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक आज पनि बस्दै छ। आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । माओवादीले भने पदाधिकारीको भने अझै टुंगो लगाएको छैन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्। बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् । कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ । आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजै शपथ हुनेछ ।

Read More

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभाका सचिव गोपालनाथ योगीले विनियोजन विधेयक, आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक प्रस्तुत गर्नेछन् । त्यसैगरी औषधी विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा विधेयक र रेलवे विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७७/७८ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । कानुन…

Read More

काठमाडौँ – धौलागिरि अस्पतालमा रहेको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट विगत दस वर्षमा ९०२ ले सेवा लिएका छन् । यसमा महिलाको सङ्ख्या ७९७ र पुरुषको १०५ छ । उक्त आँकडाबाट पुरुषभन्दा झण्डै आठ गुणा बढी लैङ्गिक हिंसापीडित महिलाले सेवा लिएको देखिन्छ । विसं २०६८ देखि सुरु भएको केन्द्रले लैङ्गिक हिंसापीडितलाई निःशुल्क उपचार, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले पीडितको कानुनी उपचार र पुनःस्थापनामा पनि सघाउने गर्छ । पहिलो वर्ष २२ महिला र तीन पुरुषले सेवा लिएकामा सबैभन्दा बढी आव २०७५-०७६ मा ११६ महिला र २० पुरुष केन्द्रबाट लाभान्वित बनेका छन् । चालु आवमा…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केको छ । अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । असार २१ गते (मंगलबार) दिउँसो एक बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

Read More

काठमाडौं – हालै बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआईजीको दर्ज्यानी चिन्ह लगाएका थिए । दर्ज्यानी चिन्ह लगाएसँगै सबै डिआईजीहरु गृहमन्त्रीसँगको भेटघाटका लागि गृहमन्त्रालय पुगेका थिए । भेटमा गृहमन्त्री बालकृष्ण खाँणले पदान्नती भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए। गृहमन्त्री खाणले भने–‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई । नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’ अहिले डिआईजीमा बढुवा भएकाहरू नै नौ महिनापछि…

Read More

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना पक्राउ परेका हुन्। यसअघि पाँच जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिए । उनका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन्। चलाउने कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित मेयर हुन्। अछाम प्रहरीले केही दिनमै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी गरेको छ । विनोद २१ जेठ बिहान १० बजे गाउँ नजिकैको भिरमा…

Read More