Author: महेन्द्रनगर पोष्ट

दार्चुला – खानेपानीको पाइप लाइनमा पहिरो गएर पाइप चुडिएपछि विगत एक दुई हप्ता देखी सदरमुकाम खलंगामा बन्द भएको खानेपानी पुनः सुचारु भएको छ । आज विहानै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट खटिएको खानेपानी मर्मत टोलीले चुडिएको पाइप जडान गरेपछि खानेपानी आपुर्ती सहज भएको हो । महाकाली नगरपालिका–३ मालुबेला नजिक खानेपानी पाइपमा पहिरो खस्दा मेन पाइप चुडिएर सदरमुकाम खलंगामा खानेपानी आपुर्ति बन्द भएको थियो । खानेपानी आपुर्ती बन्द हुँदा याहाका स्थानियले सशस्त्र प्रहरी र नेपाली सेना संग मागेर खानेपानीको व्यवस्थापन गरिरहेका थिए । सशस्त्र प्रहरीको टोलीले पहिरोले चुडालेको ४० मिटर खानेपानीको पाइप जोडेपछि आजबाट धारामा पानी आउने…

Read More

काठमाडौं – शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। यो साता सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। साताको पहिलो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा…

Read More

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै सोही प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ । काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । उपत्यकामा सिसिटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्नेबारे छलफल भएको छ ।

Read More

टीकापुर– कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेका हुन् । सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गरे । ‘समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ’,उनले भने, ‘आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।’ मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो…

Read More

काठमाडौं – अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारी सँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन्। नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ । नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहर सँगको केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।

Read More

एजेन्सी – जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्व प्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ । नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ ।

Read More

काठमाडाैं – नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसूमहतर्फका १ जनाको बढुवा सिफारिस भएको हो ।

Read More

महेन्द्रनगर – कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो । तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी…

Read More

काठमाडौं – फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए । निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो ।

Read More