Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे शनिबार कोलम्बोमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको अवस्था दिनप्रतिदिन खराब हुदै गएको छ । शनिबार देशको स्थितिबाट आजित भिडले राष्ट्रपति गोटाबायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन् । कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी आवासलाई प्रदर्शनकारीहरूले दिउँसोदेखि घेरा हाल्न सुरु गरेका थिए । भिड उग्र बन्दै गएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए । प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि आक्रमण गरेका छन् । राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको शीर्ष रक्षा स्रोतले एएफपीलाई बताएको सो समाचार संस्थाले बताएको छ । सेनाले आक्रोशित भीडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न हवाइ फायर गरेको…

Read More

काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ । नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ…

Read More

काठमाडौं – एकीकृत माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्ण गरेको पार्टी प्रवक्दा कृष्णबहादुर महराले बताए । केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरु यी हुन् : १) स्थानीय तह निर्वाचनमा घात अन्तरघात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो । २)…

Read More

काठमाडौं – सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो । डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए । चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो । विभागका महानिर्देशक घिमिरेका अनुसार उनलाई भेटघाट गर्न कारागारमा मान्छेको भिडजस्तै लाग्ने देखिएपछि केही कडाइ गरिएको हो ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।  बढुवामा सिफारिसको सूचना

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय…

Read More

काठमाडौँ – सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको सरकारले राती नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको हो। संसद सचिवालयमा दर्ता गराइएको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था माथि संशोधन नगर्ने भएको छ। २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ। नागरिकता ऐनको दफा ५ को व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छैन।…

Read More

काठमाडौं –  बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् । नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन् । एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको…

Read More

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोली प्रहारबाट ज्यान गुमाएका आबेको निधनमा राष्ट्रिय शोक बनाउने निर्णय गरेको हो। ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ,’उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आवेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।’

Read More

कैलाली – कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ।

Read More