काठमाडौं – सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो ।
डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए ।
चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो ।
विभागका महानिर्देशक घिमिरेका अनुसार उनलाई भेटघाट गर्न कारागारमा मान्छेको भिडजस्तै लाग्ने देखिएपछि केही कडाइ गरिएको हो ।
Facebook Comments Box