Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-जिल्लाको बेदकोटमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाईते भएका छन्। जंगली बँदेल गाउँबस्तीमा पसेर आक्रमण गरि ५ जना घाईते भएका हुन् । घाईते हुनेमा बेदकोट वडा नम्बर २ की शोभी कोली,डम्मर लुहार,वडा नम्बर ३ का पदमा कुँवर र वडा नम्बर १० की शारदा भट्ट रहेकी छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

Read More

कैलाली- नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको अध्यक्षमा पुनः रघुवीर भट्ट चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षतामा भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। यस्तै अधिवेशनबाट उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिव एकेन्द्र भण्डारी, सह–सचिव राधा विष्ट र कोषाध्यक्ष डिल्लीराज विनाडी चयन भएका छन्। नेपाल बुद्धिजीवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुवीर भट्टको सभापतित्वमा सम्पन्न अधिवेशनमा पूर्व मन्त्री माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहेका थिए।

Read More

कञ्चनपुर-विवेकशिल साझा पार्टी कञ्चनपुरको संयोजकमा उद्धव कठायत चयन भएका छन। शनिबार महेन्द्रनगरमा सम्पन्न भएको विवेकशिल साझा पार्टीको भेलाले संयोजकमा कठायतलाई चयन गरेको हो। सहसंयोजक खगेन्द्र पाण्डेय, सचिव बिरेन्द्र कार्की,कोषाध्यक्ष प्रमोद पन्त, सहसचिव अरुण पन्त सहितका रहेका छन। विवेकशिल साझा पार्टी कञ्चनपुरका कोषाध्यक्ष प्रमोद पन्तले प्रदेशका कार्यबाहक अध्यक्ष दिनेश भण्डारीको प्रमुख आथित्यमा जिल्ला भेला भएको बताए।

Read More

सिन्धुली -नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्। शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए। यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानि हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ। उनले भने, “खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु।” जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिए। उनले…

Read More

कैलाली-जिल्ला प्रहरी कार्यालय कैलालीले थप दुई होटेलमा छापा मारेको छ। यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फुडल्याण्ड होटेल र लक्ष्मी होटेलमा छापा मारेको हो। सो होटेलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने दुई होटेल व्यवसायी सहित उक्त कार्यमा संलग्न पाँच जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भईरहेकोजनाएको छ। यस अघि बिहीवार धनगढी उपमहानगरपालिका वडानम्बर १ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर ३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र क्याम्पस…

Read More

काठमाडौं-काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ। उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। गए राति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ।…

Read More

काठमाडौं-चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन्। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन्। गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन्। गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताए। “तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भनेका छन्।…

Read More

दार्चुला-दार्चुलाको दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ गाउँपालिकाको केन्द्रसम्म सडक नपुग्दा हेलिकोप्टरमार्फत सामाग्री ढुवानी गरिएको हो।प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर, तेल लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको निर्माणको जिम्मा पाएका कमलेशसिंह मन्यालले जानकारी दिए। ट्रकमार्फत मार्मा गाउँपालिकाको केन्द्र लटिनाथसम्म मिक्चर र जेनेरेटर ढुवानी गरेका थियौँ, उनले भन्नुभयो, लटिनाथदेखि भवन निर्माणस्थलसम्म शनिबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पुर्याइएको हो। भवन निर्माणका लागि सरिया, सिमेन्ट लगायत निर्माण सामाग्री यसअघि नै निर्माणस्थलमा पुर्याइसकेको मन्यालले बताए। अपिहिमाल गाउँपालिका–४ नौपाटामा तीन तलाको २६ कोठे प्रशासकीय भवन निर्माण गर्न सात करोड ४० लाख बजेटमा ठेक्का…

Read More

दार्चुला-नेकपा एमाले दार्चुलाले चुनावी अभियान कार्यक्रम अन्तरगत यहि चैत ९ गते विशेष बैठक र १० गतेदेखि १९ गतेसम्म पालिकास्तरीय आम भेलाको आयोजना गर्ने तयारी गरेको छ। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको फागुन २० गते बसेको बैठकले गरेको निर्णय अनुसार स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमलाई निरन्तरता दिदै जनजनमा एमाले मनमनमा एमाले एक महिने अभियान कार्यक्रम टोलटोलमा सञ्चालनमा रहेको एमाले दार्चुलाका उपसचिव एबं प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए। अभियानका क्रममा दुई हजार जनाले विभिन्न पार्टीबाट एमालेमा प्रवेस गरेको उनले बताए। स्थानीय तह चुनावी अभियान अन्तरगत एमालेले पालिका स्तरीय चुनावी आमसभा नेकपा एमाले पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम सहइन्चार्ज गणेशसिंह…

Read More

बैतडी- कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ। यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम रहेको छ। हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मङ्गलबार र बुधबार एक/एकजनामा, बिहीबार दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो। त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना…

Read More