Author: महेन्द्रनगर पोष्ट

नयाँदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।

Read More

काठमाडौँ- वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनु पूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफसमेत नआएकाले म्याद जारी हुनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता पन्तले माग गरेका थिए। त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक निकायमा बस्नेहरूलाई आफ्नो सुनुवाइको मौका दिनुपर्छ भनेपछि बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा…

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्यमले सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न आग्रह गरेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राससले सदैव समाचार समिति क्षेत्रको एउटा अग्रणी संस्थाका रुपमा आफूलाई अगाडि बढाउनुपर्नेमा विश्वास व्यक्त समेत गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले रासस लगायतका सञ्चार माध्ययमले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि गर्दै लैजान आग्रह गरेका हुन्। सरकारका प्रवक्ता कार्कीले भने,नागरिकको सूचना पाउने संवैधानिक हकलाई सम्मान गर्दै सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न रासस लगायत अन्य सञ्चारमाध्यमलाई अहिले…

Read More

महेन्द्रनगर – वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको ५४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारवारिक स्रोतले जनाएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका गायक कडायतको मस्तिष्क घातका कारण मृत्युु भएको छ । २०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’ लगायत तीन सय भन्दा बढी गीतमा आवाज दिएका थिए । कडायतका ३ छोरा‚ एक छोरी र श्रीमती छन् । उनको आजै धनगढीस्थित शिवगंगा नदीमा दाहसंस्कार गरिने उनका आफन्त विराट कडायतले जानकारी दिए । सुदूरपश्चिमको मौलिक ठाडी…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये काँग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा आएको हो । नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताए । तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाले बताए । तालमेलका लागि उनले तीन सर्त राखे ।…

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ। चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् । बोर्ड प्रवेश गर्दा कर्मचारीहरूले खादा र माला लगाइदिएका थिए । त्यस अवसरमा बाक्लो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

Read More

काठमाडौं – साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले १२ निर्णयहरु गरेको छ । जसमा सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साथै, सो बैठकमा सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको…

Read More

दार्चुला – दार्चुला जिल्ला अदालतका न्यायाधीश कोमल प्रसाद आचार्यको सरुवा भएको छ । न्यायपरिषद्ले मंगलबार आचार्य सहित दुई सय २४ जना न्यायाधीशहरुको सरुवा गरेसंगै उनको पनि सरुवा भएको हो ।न्यायपरिषद्ले उनलाई जिल्ला अदालत मोरङमा सरुवा गरेको छ । अब दार्चुला जिल्ला अदालतमा कैलाली जिल्ला अदालतका न्यायाधीश खेमराज भट्ट आउने भएका छन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमल प्रसाद आचार्य गत वर्ष २०७८ मंसिर १३ गते दार्चुलाका आएका थिए ।

Read More

काठमाडौँ – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो । ललितपुरको होटेल हिमालयन कुपन्डोलमा दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।

Read More