Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन्। उनले सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्स निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत् तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ। ‘गठबन्धन रहिरहेसम्म हामी केही…

Read More

काठमाडौँ – आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरूलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढवा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो । अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरूको तस्बिर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए । ‘सरकारले आफ्नो परिवारका सदस्यका नाममा सरकारी बजेट नै विनियोजन गरेर राज्यकोषको दुरुपयोग भएको छ,’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने, ‘आफ्नो ट्रस्ट चलाउन सरकारी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संबैधानिक परिषद सबन्धी बिद्येयक दर्ता गरे पछि पछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन । उनले सो बिद्येयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन । ‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ,…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । सङ्घ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ’ थापाले भने,’ मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’ पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए । विगतको परम्परालाई…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । आज (सोमबार) बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।…

Read More

काठमाडौँ – प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ। जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए। विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो। त्यसपछि असार…

Read More

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दै छ। स्कटल्याण्डको काम्बस्डून न्यु ग्राउण्डमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो। सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन्। नेपाल लिगमा १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ।

Read More

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन्। पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता-कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन्। कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ। अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन्…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं — नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र…

Read More