Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशबाहेक सङ्घ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन सङ्घर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौँ, अब सुशासनको माध्यमबाट हिन्दू राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौँ ।” उहाँले दुई तहको सङ्घीयता स्वीकार गरिएको बताउनुभयो । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ सार्वजनिक गरेसँगै २४ दिनदेखि जारी अनशन भने तोडिएको छ । १२ जेठमा सरकारले हालसम्म गरेको सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश सुनाएको थियो । सो आदेश सुनाएको एक महिनापछि बुधबार पूर्णपाठ सार्वजनिक भएसँगै निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला भएको छ ।

Read More

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौं – रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको छ। लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए। सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। उनका अनुसार दाबी गरे झैँ चुनाव चिन्ह गोलाकार भित्रको घण्ट दिइएको छ। लामिछानेले दाबी गरेको स्वतन्त्र पार्टीले व्यक्तिगत रुपमा राजनीतिमा लाग्नेलाई असर गर्ने भन्दै त्यसलाई मान्यता नदिन आयोगलाई आग्रह गरिएको थियो। तर आयोगले ४५ दिनको समय अवधिमा दल दर्ताको प्रमाणपत्र दिनुपर्ने भए…

Read More

कैलाली – कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । मृतक बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताएकी छन् । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिइन् । ‘मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी थिइन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो। रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणको सहभागिता रहेको थियो ।

Read More

काठमाडौं –  परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् । काँग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन् । उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए । मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो । केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग…

Read More

किएभ – युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । गत सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि…

Read More

काठमाडौं – नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित भएका छन् । नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सम्मानित गरेकी हुन् । नेम्वाङ अधिवक्ता पनि हुन् ।

Read More