Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’…

Read More

झापा – झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

Read More

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानबिन समिति गठनको माग राखेको छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो । आज (शुक्रबार) राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने बित्तिकै एमालेले उठेर विरोध जनाएको हो । अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न…

Read More

पोखरा – पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् । पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई सहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ। नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ । ‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’ चालू वर्षमा सुरु भएका…

Read More

काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने तयारी छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ मा दफावार…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । आज (शुक्रबार) बिहान यादवले भने, ‘मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको छ तर को–कोलाई सरकारमा पठाउने भन्ने टुङ्गो लागिसकेको छैन ।’ हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् । यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको सहभागी संगीतकार चेतन सापकोटाले जानकारी दिए । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

Read More

रुपन्देही – रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सङ्घर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । सङ्घर्ष समितिले आज असार १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा भीम अस्पतालको ओपिडी सेवा बन्द गर्ने, १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बसी दबाब दिने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपिडी सेवा पूर्ण…

Read More

काठमाडौँ – गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ । अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ । उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ ।

Read More

काठमाडौं – ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

Read More