Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Read More

डोटी । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा रु ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा रु ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ । यसैगरी जिल्लामा रु एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौ वटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा सङ्घीय…

Read More

काठमाडौं – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले छानबिनका लागि थप समय माग्ने भएको छ । आज (बुधबार) बसेको समितिको बैठकले छानबिनका लागि अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेकाले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । आज सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ भने फरेन्सिक ल्याबबाट सिसिटिभी रिकभर भएपश्चात् मात्रै समिति निष्कर्षमा पुग्न सम्भव हुने भएकाले समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

Read More

विराटनगर – नेपाल प्रहरीले विराटनगरबाट युरेनियमजस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोलीले विशेष सूचनाको आधारमा प्रहरीले आइतबार ८ जना र मंगलबार ७ जनालाई पक्राउ गरेको हो । आइतबार विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा रहेको ‘ठूल्दाइको होटल’ मा कोठा लिएर बसेका ८ जनालाई विशेष सूचनाको आधारमा १ किलो ८७.३ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ घर भएकामात्रै पाँच जना छन् । मोरङको विराटनगर महानगरपलिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४४ वर्षीय लक्ष्मण शर्मा, ४३ वर्षीय प्रदीप पुरी, सोही…

Read More

काठमाडौं – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उनले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताए । ‘मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ’, महासचिव पोखरेलले भने, ‘एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।’ उनले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राखे । महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो…

Read More

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए । राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको…

Read More

धनगढी – भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिललो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफण्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उनले बताए । ‘एक साता पहिलासम्म कोरोना संक्रमण देखिने क्रम त्यति थिएन्,’ साउदले…

Read More

काठमाडौं – प्रतिनिधि सभाको आज बुधबार बसेको बैठकमा सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन्। बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन्। ‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन्। सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ…

Read More

काठमाडौं – प्रतिनिधि सभाले जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो। जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को पहिलो संशोधनको रुपमा यो विधेयक २०७६ सालमा दर्ता भएको थियो ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा बिकृती बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृती नियन्त्रण गर्न माग गरेका हुन् । ‘देवानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायधिसलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई वेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।

Read More