Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ । कैलालीको विभिन्न…

Read More

काठमाडौं – फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।” एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरणसमेत…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो । अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ । बैठक अहिले पनि जारी छ ।

Read More

काठमाडौं – नेकपा एमालेका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन्।राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए। ‘नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो’, उनले भने, ‘दुई वर्षसम्म करोडौँ लगानी गरेर विधेयक फिर्ता गरियो, त्यो फिर्ता ल्याउन माग गर्छु।’उनले मधेसमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको उल्लेख गर्दै भने, ‘यस विषयमा म गृहमन्त्रीबाट यो जवाफ चाहान्छु, त्यो फिर्ता ल्याएर पास गरी त्यसलाई अघि बढाउन…

Read More

काठमाडौँ – सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने सम्भावना कम रहेको बताएका छन् । उनले हिजो (बुधबार) प्रधानमन्त्रीलाई भेट्दा अमेरिका भ्रमण के हुँदै छ भनेर सोधेको तर त्यस्तो तयारी नभएको जवाफ देउवाबाट आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै आज (बिहीबार) दाहालले प्रधानमन्त्री देउवासँग एसपीपीजस्तै अरु सम्झौता भइरहेका छन् कि भन्नेबारे र अमेरिका भ्रमणबारे जिज्ञासा राखेको तर त्यस्तो केही हुन नलागेको बताए । ‘हिजो मात्रै अमेरिका भ्रमणको बारेमा के हुँदै छ ? एसपीपी त सरकारले अगाडि नबढाउने भनेर निर्णय भयो तर अर्को नाममा उस्तै प्रकारको हुँदै छ भन्ने भ्रम भइरहेको छ…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए । केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । नेकपा माओवादी केन्द्रले अन्तर्घातीलाई कारबाही गर्न छानबिन समिति बनाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए । उनले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन…

Read More

काठमाडौं – वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा आज (बिहीबार) जारी पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । ‘केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदानको अवस्था बनेको छ ।’…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ । गत बुधबार बैठक बस्ने भनिएपनि संसद बैठक लम्बिएकाले अन्तिम समयमा स्थगित भएको थियो । माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ ।

Read More

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ।आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ। आज चाँदीको भाउ भने सामान्य बढेको छ।तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ बजेदेखि मतदान जारी रहेको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो । बूढीगङ्गा नगरपालिकाका १० वटै वडामा रहेका मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाबीच मतदान भइरहेको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताएका छन् । १० मतदान स्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकाको निर्वाचन सम्पन्न गर्ने गरी ९५ कर्मचारी सहित सयौं सङख्यामा सुरुक्षाकर्मी समेत खटिएका छन् । प्रत्येक केन्द्रमा ३ जनाको दरले स्वंसेवक समेत परिचालित छन् । १०…

Read More