Author: महेन्द्रनगर पोष्ट

बेइजिङ – चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् । चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४…

Read More

काठमाडौं – प्युठानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। ‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने। प्युठानको अरङखोला ढिका वनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Read More

सर्लाही – सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । कविलासी नगरपालिका–६ जमुनियास्थित भित्री सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा भारतीय नम्बर प्लेट बीआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२ निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो । यसैबीच, शुक्रबार सर्लाहीको बागमतीमा तीव्र गतिको मोटरसाइकल म्याजिक भ्यानमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना.१ ज २५०५ नम्बरको म्याजिक र विपरीत दिशाबाट…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ । देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै जिल्ला सदरमुकाममा आमसभा तथा कोणसभा गरी शुभारम्भ गरिने महामन्त्री भूवन पाठकले जानकारी दिए । उक्त कार्यक्रमका लागि पार्टीले केन्द्रीय पदाधिकारीका साथै केही अग्रज नेतालाई ७७ जिल्लामा प्रतिनिधिका रुपमा खटाएको र ती प्रतिनिधिको अध्यक्षतामा चैत २७ गते सबै जिल्लामा विस्तारित बैठक बस्ने जनाइएको छ । बैठकले घरदैलोका लागि समूह निर्माण, आसन्न चुनावमा जिल्लामा संगठनको अवस्था, उम्मेदवार छनोटका विधि, स्थानीय तहको आवश्यकताअनुसार अन्य राजनीतिक दलसँगको तालमेलको सम्भावनाबारे…

Read More

काठमाडौं – रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबिच झडप भएको छ । शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कट हरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबिच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् । घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने अधिकार नै नरहेको बताए । ओलीले भने,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो,हामी जनताको बिचमा जाने हो ।’ काँग्रेससँग जनतासँग जाने कुनै एजेन्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय…

Read More

रामेछाप – प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सब-स्टेसन २२०र१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब-स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सब-स्टेसन निर्माणको काम पूरा भएको हो । सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०-१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ । न्यू…

Read More

काठमाडौं – विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा फिनल्यान्ड रहेको छ । फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ । नेपाल ८४ औँ स्थानमा छ ।

Read More

बैतडी – पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर मृत्यु भएको छ। घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। घटना शुक्रबार अपराह्न भए पनि प्रहरीले ढिलो जानकारी पाएको प्रहरी निरीक्षक खड्काले बताए । भागरथी किन पोखरीमा गइन् भन्ने कुरा खुलेको छैन्। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। प्रहरीको टोली घटनास्थल पुगेपछि थप कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

एजेन्सी – संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ। ती मध्ये मारियुपोल सामेल छ।

Read More