Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ। ती मध्ये मारियुपोल सामेल छ।

Read More

रसुवा – भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व…

Read More

काठमाडौं – हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिवार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ । महासचिव विप्लवले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरूलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । सोही राजनीतिक प्रतिवेदनमाथि शनिवार छलफल चल्नेछ । नेकपा स्रोतले भन्यो, ‘प्रतिवेदनमा अन्य विषयहरू पनि छन् तर विशेष निर्वाचनलाई केन्द्र बनाइएको छ । बैठकमा…

Read More

त्रिशूली – नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ । स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिए । उनका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा रु ५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ ।…

Read More

जनकपुर – जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा झालाई प्रदान गरिएको हो । त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ । यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ…

Read More

भक्तपुर – मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा शुक्रबार राति गुडिरहेको मिक्सचर बोकेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई हाल ललितपुर ईमाडोल बस्ने १८ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । अचानक ट्याक्टरबाट सडकमा खस्न जाँदा गम्भिर घाइते भई उपचारको लागि समिट अस्पताल लगि प्राथमिक उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमा लग्दा लग्दै मृत्यु भएको परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए । ट्याक्टर चालक झापाको कन्काई नगरपालिका-५ घर भई…

Read More

काठमाडौं – शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटन गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिका स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत कूल ४५६ मेगावाट क्षमताको न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रममा निस्किएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब स्टेसन निर्माणको काम पूरा भएको हो । मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने…

Read More

बैतडी-बैतडीमा पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको सिँचाई पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार दिउँसो चन्दको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

काठमाडौँ -युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा ¥याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए।नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका…

Read More

काठमाडौँ -१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ। विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । उनले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको बताए…

Read More