Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरे । सचिव फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेस गरे । त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधेयक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । पहिलो बैठक १० मिनेटका लागि स्थगित भएर…

Read More

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो। यस सँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्। छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए। भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकडम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले सङ्घ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकडम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् । उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए । उनले भने, ‘निर्वाचन प्रणाली सुरुमा त क्रान्तिको रापताप हुँदाखेरि जो उठेपनि जित्ने जस्तो भएको थियो । २०६४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो । अहिले त्यस्तो…

Read More

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ…

Read More

काठमाडौं – चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन् । पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। वीरगञ्ज महानगरपालिकास्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी थिइन्। अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश गरिने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट पारित भए राष्ट्रपति कहाँ पठाइनेछ । प्रमाणीकरण भएमा ऐनकोरुपमा कार्यान्वयनमा आउनेछ। त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी…

Read More

काठमाडौं – सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन ।

Read More

दार्चुला – दार्चुलाको दुर्गम विगट गाउँपालिका अपि हिमालमा ‘उपाध्यक्षसँग गर्भवती महिला र सुत्केरी  कार्यक्रम’ सुरु गरिने भएको छ । गत असार १० गते गाउँसभामा पेशगरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र संस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उद्देश्यले सो कार्यक्रम सुरु गरिने बताउनु भएको छ । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ लाख रुपैँया बजेट विनीयोजन गरिएको गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकाभित्र कुनै पनि महिला गर्भवती भए गर्भवती जाँच गराउन स्वास्थ्य संस्था गएमा अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ। गर्भवती…

Read More

काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर-गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् ।…

Read More