दार्चुला – दार्चुलाको दुर्गम विगट गाउँपालिका अपि हिमालमा ‘उपाध्यक्षसँग गर्भवती महिला र सुत्केरी कार्यक्रम’ सुरु गरिने भएको छ । गत असार १० गते गाउँसभामा पेशगरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र संस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उद्देश्यले सो कार्यक्रम सुरु गरिने बताउनु भएको छ ।
यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ लाख रुपैँया बजेट विनीयोजन गरिएको गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकाभित्र कुनै पनि महिला गर्भवती भए गर्भवती जाँच गराउन स्वास्थ्य संस्था गएमा अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ।
गर्भवती महिलाले बच्चा गर्भमा आएको चार, छ, आठ र नौ महिनामा जाँच गराउनुपर्ने हुन्छ। तर कतिपय गर्भवती महिलाहरू नियमित गर्भ जाँच गराउन र सुत्केरी गराउन स्वास्थ्य संस्था नजाने गरेकाले त्यसैलाई ध्यानमा राखी गाउँपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्षबाट संञ्चालनमा ल्याउन लागेको गाउँपलिका अध्यक्ष ठेकरे बोहराले जानकारी दिनु भयो ।
ग्रामीण भेगमा पोषणको कमीले गर्दा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा समस्या आइरहेको पाइएकोपछि गाउँपालिकाले उतm कार्यक्रमलाइ अगाडी सारेको जनाएको छ । गर्भवती महिलाले प्रत्येक पटकको गर्भ जाँचमा एक क्रेट अन्डा, सय रुपैयाँको रिचार्ज कार्डका साथै दुई बालबालिका चिह्न भएको आयोडिन नुन प्राप्त गर्नेछन्। गाउँपालिकामा सबै स्वास्थ्य चौकीहरुबाट सेवा पाउने गाउँपालिकाले जनाएको छ । अपि हिमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा ३१ करोड ३५ लाख ७० हजार रुपैँया बजेट खर्च गर्ने जनाएको छ ।
भिजिट अपि हिमाल कार्यक्रम पनि सुरु हुने
दार्चुलाको अपि हिमाल गाउँपालिकाले चालु आर्थिक वर्षदेखि भिजिट अपि हिमाल कार्यक्रम पनि संञ्चालनमा ल्याउने भएको छ ।गाउँपलिका उपाध्यक्ष देबकी देवि बोहराले प्रस्ुतत गरेको चालु आर्थिक वर्षको बजेट कार्यक्रमा पर्यटन तर्फको कार्यक्रम अन्रतर्गत भिजिट अपि हिमाल कार्यक्रम संञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष बोहराले जानकारी दिनु भयो ।
पर्यटन विकास गुरुयोजना बनाई अपिहिमाल गाउँपालिकालाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्यका विकास गर्न आर्थिक वर्षमा उतm कार्यक्रम ल्याइएको गाउँपलिकाले जनाएको छ । यसका लागि गाउँपलिकाले झण्डै २५ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ । प्राचिन स्याउजे, मन्दिर पुन निमार्ण गर्न प्रदेश सरकारसंग साझेदारी गरिने बताइएको छ ।
उतm मन्दिर पुन निर्माणका लागि पनि गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैँया बजेट विनीयोजन गरेको छ ।पर्यटकीय सुचना केन्द्र स्थापना गर्न पनि गाउँपालिकाले बजेट विनीयोजना गरिएको छ । अपि हिमाल गाउँपालिकाको कला ,सस्कृति, कृषि तथा जडिबुडी उत्पादनहरु पर्यटन क्षेत्रको प्रचार प्रसार तथा व्यापार प्रर्बद्धन गर्नका लागि चालु आर्थिक वर्षको देखि मल्देश कृषि पर्यटन तथा व्यापार मेला महोत्सव कार्यक्रम संञ्चालनमा ल्याइने गाउँपालिकाको बजेटमा राखिएको छ । यो मेला महोत्सवको कार्यक्रम संञ्चालनका लागि गाउँपालिकाले रु ५ लाख रुपैँया बजेट पनि विनीयोजन गरिएको छ ।
दार्चुलाको अपि हिमालमा १० वर्षे शैक्षिक रणनिति योजना लागू गरिने
दार्चुलाको विगट अपि हिमाल गाउँपालिकामा चालु आव देखि १० वर्षे शैक्षिक रणनिति निर्माण हुने भएको छ । शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि रणनिति निर्माण गरिएका गाउँपालिकाले जनाएको छ ।विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भक्त ठेकरे बोहराले जानकारी दिनु भयो ।
योजनामा ज्ञान, सीप अनुभवलाई आत्मसात् गर्दै वर्तमानमा भविष्यको आशाका लागि काम गर्न सघाउने उद्देश्य राखिएको उनको भनाइ छ । आगामी १० वर्षको अवधिमा गाउँपलिकाले शिक्षा विकासका लागि मार्गचित्र तय गर्न मिश्रित अवधारणामा केन्द्रित रही योजना तयार पारिएको अध्यक्ष बोहराले बताउनु भयो । ‘शिक्षामा नवीनतम् सूचना सञ्चार प्रविधिको प्रयोग, शिक्षकको पेसागत विकास, बालमैत्री विद्यालय वातावरण निर्माण जस्ता प्राथमिक मुद्दालाई योजनामा समेटिएको छ । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २ लाख रुपैँया बजेट विनीयोजन गरिएको छ ।
गाउँपालिकाले नयाँ सोच, नवीन शैलीद्वारा पालिकाबासीको बढ्दो चासो, राष्ट्रिय अपेक्षा, विश्वपरिवेशमा सिर्जित ज्ञानको विकासलाई सम्बोधन गर्न यस योजनाले सघाउने विश्वास गाउँपालिकाले लिएको छ । आर्थिक वर्षमा खण्डेश्वरी विद्यालयलाई नमुना विद्यालयका रुपमा राख्न रु ५ लाख रुपैँया बजेट विनीयोजन गरिएको छ ।यस्तै शैक्षिक क्षेत्रको विकासका लागि अभिभावकहरुलाई थप जिम्मेवारी बनाउन हाम्रो विद्यालय हामी बनाउछौ जस्ता कार्यक्रम गाउँपालिकाले यो वर्ष अघि सारेको अपि हिमाल गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमका लागि गाउँपालिकाले १५ लाख रुपैँया बजेट विनीयोजन गरिएको छ ।