Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज (शनिबार) मनाइँदैछ। नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । तत्कालीन निरंकुश…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्तको नाम लिँदा काँग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् । काँग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै भीम दत्तको नामै लिन नचाहने बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘भीमदत्त पन्तलाई काँग्रेसले शहीद मानेन । काँग्रेसले नै टाउको कटाएको हो । काँग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ङ हुन्छ ।’ भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । आफ्नै आदरणीय नेताहरू मारिएको बेलामा पनि काँग्रेसले विज्ञप्तिसमेत निकाल्न नसकेको अध्यक्ष ओलीको आरोप छ ।

Read More

काठमाडौँ – वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिकाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गर्दैछ । त्यसपछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिने प्रहरीले जनाएको छ । बालिकाको हत्या भएको हुनसक्ने…

Read More

काठमाडौँ – ताप्लेजुङमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छी मायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौं — नेपाल प्रहरीमा एक हजार ७०८ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको उनीहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो । समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवा सिफारिसको सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौँ – जिल्ला न्यायाधीशका लागि न्यायपरिषद्ले गरेको मागभन्दा १० गुणा बढी आवेदन परेको छ । न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार २१ जिल्ला न्यायाधीशका लागि दुई सयभन्दा बढी आवेदन परिषद्मा परेका छन् । संविधानअनुसार जिल्ला न्यायाधीशको नियुक्ति परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्छन् । यसरी विवरण दिनेमा सबै सरकारी कर्मचारी हुन् । न्याय सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकाले आवेदन दिएका हुन् । हाल देशभरका जिल्ला अदालतमा झन्डै चार दर्जन न्यायाधीशको पद रिक्त भए पनि पहिलो चरणमा २१ जनाका लागि सूचना निकालिएको हो । परिषद्ले जारी गरेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ अनुसार २७ असारमा आवेदन आह्वान गरिएको थियो । संविधानको धारा १४९ (२) (क) बमोजिम पदपूर्तिका लागि सूचना निकालिएको थियो । …

Read More

सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले…

Read More

काठमाडाैं – नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । आज शुक्रवार दिनभरकाे छलफलपछि नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरेकाे हाे । विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि…

Read More

दार्चुला – जिल्ला हुलाक कार्यालय दार्चुलाले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरेको हो । हुलाक कार्यालय दार्चुलाका सुचना अधिकारी मदन सिह ठगुन्नाका अनुसार हुलाक सेवा शुल्कबाट ४ लाख ६९ हजार २सय ९२ रुपैँया प्रशासनिक सेवा शुल्कबाट ६सय ४५ तथा जिल्लामा रेडियो एफ एम नविकरण तथा रोयल्टी वाफत २ लाख २० हजार ७ सय ७७ रुपैँया अन्य विक्रीबाट १ हजार ८ सय गरी गत आर्थिक वर्षमा ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाले…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन् भने ८० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

Read More