दार्चुला – जिल्ला हुलाक कार्यालय दार्चुलाले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरेको हो । हुलाक कार्यालय दार्चुलाका सुचना अधिकारी मदन सिह ठगुन्नाका अनुसार हुलाक सेवा शुल्कबाट ४ लाख ६९ हजार २सय ९२ रुपैँया प्रशासनिक सेवा शुल्कबाट ६सय ४५ तथा जिल्लामा रेडियो एफ एम नविकरण तथा रोयल्टी वाफत २ लाख २० हजार ७ सय ७७ रुपैँया अन्य विक्रीबाट १ हजार ८ सय गरी गत आर्थिक वर्षमा ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्ष ३८ हजार ८सय ८ रुपैँया बेरुजु रहेको जनाएको छ । २०७७/७८ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ६५ हजार ६सय ३५ रुपैँया राजस्व संकलन गरेको थियो । तर यो वर्ष टिकट बिक्री र काउन्टर अनलाइन कम हुँदा राजस्व संकलनमा कमि आएको हुलाक कार्यालय दार्चुलाले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७मा ६ लाख ७ हजार ७९ रुपैँया राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाले जनाएको छ ।