Author: महेन्द्रनगर पोष्ट

धनगढी – धनगढी उडेको बुद्ध एयरको जहाजभित्र चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट बुधबार अपरान्ह काठमाडौंबाट धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए । धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

दार्चुला – शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा आजदेखी सशस्त्र प्रहरी खटिएको छ । यसअघि नेपाली सेनाले सुरक्षा गर्दै आएको चमेलियामा आजबाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । २०७४ सालदेखि सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा रहेको चमेलिया जलविद्युत आयोजना २०७७ सालमा नेपाली सेनालाई दिइएको थियो । सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने सरकारले निर्णय गरेपछि बलाँचमा रहेको जलविद्युतको सुरक्षाका लागि नेपाली सेनालाई त्याहा खटाइएको थियो । सेनाले सुरक्षा दिदै आएको चमेलियामा अब सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । नेपाली सेना त्याहाबाट उठ्ने भएपछि गृह मन्त्रालयले पुनः चमेलिया…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । उनले भने, ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन । मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन ।’ मानव अधिकार एलायन्सको कार्यक्रममा बुधबार ओलीले अघि भने, ‘त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने…

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हन् । उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनु भयो ।जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाई थियो । पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री…

Read More

काठमाडौं – महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ। महालेखा परीक्षक टंकमणि शर्माले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखा परीक्षक शर्माले राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षकको प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो । बढुवामा सिफारिसको सूचना

Read More

भोजपुर – भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए ।

Read More

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए। बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेस गर्दै उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। उनले भने, ‘नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ। र, यो…

Read More