Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – निर्वाचन आयोगले स्थानीय चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ । आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ । वैशाख ३०…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्। आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाब दिइरहेका छन्।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो । मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ । पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्न नसकेको…

Read More

दार्चुला – गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन। हाल आएर अहिलेसम्म सरकारले यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन। सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन्। सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए। भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो।…

Read More

काठमाडौं – नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको हो । यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

Read More

काठमाडौं – अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ४० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा देशभर १ लाख ४४ लाख ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Read More

बर्दिया – तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । बाँकेको कोहलपुर बसपार्क नजिक गएकाे शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज साेमवार भुरीगाउँमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेका हुन् । उचित क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतिनिधि, ट्रक व्यवसायी समिति र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा हिजाे आइतवार बेलुकासम्म छलफल गरेपनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका फुपू…

Read More

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गरे । उनले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने सांसद्हरुको…

Read More