दार्चुला – गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन।
हाल आएर अहिलेसम्म सरकारले यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन। सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन्। सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए।
भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो। अहिले पछिल्लो समय व्यास– १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ। मित्रवत् व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायत सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ। समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गरिरहेका छन । नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन। बाटोघाटो छैन। गाडी त परै जाओस्, मान्छे हिँड्नसमेत बाटो छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरिक्षक त्रिभुवन विष्टले भन्नु भयो ।
सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पूरै भारतीय बजारमै निर्भर हुनु परेको छ। धारचुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पु¥याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई उनले थप्नु भयो । सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो। सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको एसपि विष्टले बताउनु भयो ।
बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महीनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो। त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायत न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो । भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ। उनीहरुले खानुपर्ने सबै प्रकारका राशन सहजरुपमा पाइरहेका छन्। अण्डा र मासु पनि नियमित उनीहरुले पाइरहेका छन्। नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन्।
सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ। सडक पुगेको छैन। बाटो घाटो राम्रो छैन। सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ। केही दिन पहिले सशस्त्र प्रहरी उपरिक्षक विष्टले दार्चुला जिल्लाको उत्तरी क्षेत्र ब्याँस गाउँपालिका–१ मा पर्ने नेपालको तिंकर भञ्ज्याङ पुगेर नेपाल–चिन सिमामा रहेको पिलर नम्बर–१ को अवस्था तथा सिमा सुरक्षाको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।
२०७८ माघ महिना देखी ४४ नम्बर गण दार्चुलाको कमाण्ड सम्हाल्दै आउनु भएका सशस्त्र प्रहरी उपरिक्षक विष्ट चिन संगको सिमानाका पुगेर स्थलगत अनुगमन गर्ने पहिलो गणपति हुन् ।