Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन्। राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन्। गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारेमा कुराकानी भएको थियो। भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताए। भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सम्बोधन गर्न अध्यक्ष ओलीका लागि समय लिइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनकाअनुसार ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।त्यस्तै विनियोजन विधेयक (२०७९), आर्थिक विधेयक (२०७९) राष्ट्र ऋण उठाउने विधेयक (२०७९) ऋण तथा जमानत–२५ औं संशोधन विधेयक (२०७९) बारे पनि बैठकमा छलफल हुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरूलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ । जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै…

Read More

काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेश प्रमुख तोकिएका छन्। त्यस्तै, रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुखमा खटाइएको छ।

Read More

जनकपुर – मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९-०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक आज पनि बस्दै छ। आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । माओवादीले भने पदाधिकारीको भने अझै टुंगो लगाएको छैन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्। बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् । कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ । आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजै शपथ हुनेछ ।

Read More

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभाका सचिव गोपालनाथ योगीले विनियोजन विधेयक, आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक प्रस्तुत गर्नेछन् । त्यसैगरी औषधी विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा विधेयक र रेलवे विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७७/७८ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । कानुन…

Read More