Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो। फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ।सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पु ष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौँ – जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना…

Read More

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जर्नादन शर्माबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् । केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अर्थमन्त्री शर्माले अनाधिकृत मानिसलाई बजेट बनाउन सहभागी गराएको र उक्त दिनको सिसिटिभी फुटेज माग्दा डिलिट भइसकेको जवाफ दिएकोबारे केही नेताहरूले कुरा उठाएका थिए । अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्ने कुरा भएको एक नेताले जानकारी दिए । प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।

Read More

कर्णाली – सुर्खेतको पञ्चपुरी नगरपालिका- ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरु अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाई भएको बताए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार अपरान्ह सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइन् । ‘नियमित बैठक हो, त्यस्तो खास प्रस्तावहरू आएको छैन,’ उनले भनिन् ।बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक राखेका हुन्।त्यसपछि गठबन्धनका शीर्ष नेताहरु भेट हुने कार्यक्रम छ ।

Read More

रामेछाप – लुभुघाट बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीवाट काठमाण्डौं तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा गाडीमा सवार मध्ये ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उपचारको क्रममा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार तामाङले जानकारी दिए । घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेहरु घटनास्थलवाट उद्धार गरी थप उपचारको लागि धुलीखेल अस्पताल पठाइएको र ३ जनालाई हेलिकप्टर मार्फत पठाईएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरेकोप्रति असन्तुष्टि जनाएका छन्। १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारीको निकृष्ट नमुना भएको टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पद लगायत राज्यका पदहरूको भागबण्डा, दुरुपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना हो। राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस्।’ उनले पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि पाँच दलीय गठबन्धनको सरकारले राज्यका पदहरूको भागबण्डा र दुरुपयोग गरेको आरोप लगाए। राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुट स्वार्थ…

Read More

काठमाडौं – रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। बा ३ ख ८३९६ नम्बरको अरनि यातायातको बस खाँडादेवी गाउँपालिका १ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए। दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ । उनका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पुर्‍याउने तयारी भएको उनले बताए।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । नेपाली काँग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए । गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ ।…

Read More