Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशको दाङका योजना समावेश गरेको पाइएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो। प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले भने त्यसमा आफ्नो त्रुटि नरहेको बताएका छन् । संघीय सरकारले सशर्त अनुदानमार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए। ‘सशर्त अनुदानमार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,’ बस्नेतले भने, ‘ती कार्यक्रम परिवर्तन गर्ने अधिकार…

Read More

काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा नयाँ दलको घोषणा गरेका थिए ।

Read More

काठमाडौं – साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले बिदाई गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाई गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटा मध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्न नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए । असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । महावाणिज्यदूतावासबाट १० जनाको…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

Read More

काठमाडौं – पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको छ। गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईबस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन्। पीडित सबै घुमन्ते परिवारका हुन्। युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन्। अधिकारीहरूका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ। मुसलबारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।

Read More

झापा  – नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।  आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

Read More

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमासहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्। बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।

Read More

काठमाडौं – सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसदहरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने बताए । सांसद गोपाल भट्टराईले भूमिहीनहरूको अन्तिम नक्शाङ्कन भइसकेकाले अब लालपुर्जा वितरण गर्न ढिला गर्न नहुने बताए । भूमि बैंक कार्यान्यवनमा ल्याइएको भए पनि उत्पादन र रोजगारी वृद्धि हुनसक्ने हुँदा अहिले कार्यान्वयन नभएको उनको भनाइ छ । सांसद् सिङ्गबहादुर विश्वकर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जग्गाको नापजाँच गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए । भूमिकर तिरेका बस्तीले पनि पुर्जा पाउन नसकेको उनले बताए । सांसद…

Read More

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको…

Read More

काठमाडौं – एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भोलि (शुक्रबार) भिड्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ। नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ। नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ। जारी प्रतियोगितामा युएई लयमा देखिएको छ। समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै…

Read More