Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले सरुवा भएको छ । एक नाबालिगमाथि भएको जबरजस्ती करणी (बलात्कार) मुद्दा कमजोर बनाउन भन्दै पटकपटक दबाब दिँदा पनि नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहन्यायाधिवक्ता संगीता थोकरको सरुवा गरिएको हो। महान्यायाधिवक्ता कार्यालयबाटै मुद्दा कमजोर बनाउन भन्दै पटक–पटक दबाब आएको, तर आफूले नमानेपछि हिजो बिहीबार मात्रै सरुवा गरिएको थोकरले बताएकी छिन् । एक नाबालिगलाई बलात्कार गरेको आरोपमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ स्थायी ठेगाना भइ ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटी बस्ने ३६ वर्षीय सुशील चटौतविरुद्ध मुद्दा चलेको थियो। चटौत ट्रान्सपोर्ट, होटल व्यवसाय गर्दै आएका व्यक्ति हुन्। उनै…

Read More

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गरेका हुन् । ‘परराष्ट्र मन्त्रीले एसपीपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र…

Read More

काठमाडौँ – कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए । ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थी उपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ । – कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-३ थानपतीस्थित प्रतिभा आधारभूत…

Read More

बाजुरा – जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताएका छन् । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका बालकमा कालाजार देखा परेको छ । कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । ती बालकको परीक्षण गर्दा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले राससलाई बताउनुभयो । कालाजार देखिएका बालकलाई जिल्ला अस्पताल बाजुराले थप उपचारका लागि धनगढी पठाएको छ । कालाजारको जिल्लामा उपचार हुन्थ्यो…

Read More

पोखरा – लोकसेवा आयोगको परीक्षामा पटक पटक आन्तरिक सेटिङका घटना बाहिरिँदै आएको छ । नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धेरै पटक खुलासा भएको छ । पोखरा-२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । कास्कीकोटका कालिका माविका उपप्रधानाध्यापकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो । उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा…

Read More

काठमाडौं – नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए । दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् । ट्रिनिडाड एण्ड टोबागो…

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता तथा पुर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला नेपाली सेनाले सरकारलाई कहिले सोध्यो भनेर प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् । ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए ?’, पोखरेलको प्रश्न छ । उनले क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने बताए । उनले नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै…

Read More

काठमाडौं –  शेयर बजार आजदेखि शुक्रबार पनि खुला  हुन थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ । आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् । उनले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने त्यसपछि विधेयक प्रस्तुत गर्ने छन् ।  त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत…

Read More