Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली – सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ । योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । योजनालाई…

Read More

काठमाडौँ- नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगंगा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए। अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो। यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताए।…

Read More

काठमाडौं – संघिय संसदका दुवै बैठक आज बस्दैछन्। प्रतिनिधिसभा र राट्रियसभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ। गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्। यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बढुवाका लागि ३७ जनाको नाम सिफारिस भएको छ । ३७ जना नायव उपरीक्षक (डीएसपी)हरुलाई सशस्त्र उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलको मुख्यालयले आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य २१ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको हो । निगमले पेट्रोलको मूल्य २१ रुपैयाँको दरले बढाएको हो भने डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँको दरले बढाएको हो | सोमबारबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु. १९२ कायम गरेको नेपाल आयल निगमले बताएको छ । साथै, एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

Read More

काठमाडौं – प्रहरीले काठमाडौंमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत सो ठगीधन्दा चलाएर अमेरिकामा ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ । अनलाइन ठगीमा संलग्न १३ जनालाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् । कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतिय नागरिक २४ वर्षका मनिष तिवारी…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो ४ बजेबाट कार्यक्रम सार्वजनिक भइरहेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गरेको थियो। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी गरेको छ। महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ। मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ। मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे । “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ । सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुडालको पूर्ण इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि गत जेठ ३० गते पनि बहस नसकिएका कारण आजका लागि अर्को पेसी तोकिएको थियो । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Read More

धनगढी – सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पुर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केहि दिन लाग्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी वायू सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ । ‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन…

Read More