Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् । सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

Read More

काठमाडौं – देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’

Read More

काठमाडौं – नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेस गर्ने भएका छन् । पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले सांसद बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।

Read More

काठमाडौं – सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’ त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले…

Read More

काठमाडौं – प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्। प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

Read More

काठमाडौं – सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज बुधबार पनि अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो (मंगलबार) पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका सहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै…

Read More

काठमाडौं – सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला एक हजार १ हजार दुई सय ७५ रुपैया पुगेको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।

Read More

दार्चुला – दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । घट्ना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमान ७/ ८ वर्ष पहिले बितेका थिए ।

Read More

कुवेत – जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका…

Read More

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ भएको दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–७ का ७३ वर्षीय भोजबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार कृष्णपुर नगरपालिका–५ मा से७प ५५४७ नम्बरको मोटरसाइकल र सु प प्र ०२ ००३ प ९६३१ नम्बरको मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका थिए। दुवै मोटरसाइकलका चालक र पछाडि सवार दुई जना गरी ४ जना घाइते भएका र घाइते मध्येका थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुमा धनगढी–७ का ३७ वर्षीय प्रेम थापा, कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ३१ वर्षीय खडकसिंह ऐर र मझगाउँ आर्मी व्यारेकमा कार्यरत…

Read More