कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ भएको दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–७ का ७३ वर्षीय भोजबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार कृष्णपुर नगरपालिका–५ मा से७प ५५४७ नम्बरको मोटरसाइकल र सु प प्र ०२ ००३ प ९६३१ नम्बरको मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका थिए। दुवै मोटरसाइकलका चालक र पछाडि सवार दुई जना गरी ४ जना घाइते भएका र घाइते मध्येका थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइतेहरुमा धनगढी–७ का ३७ वर्षीय प्रेम थापा, कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ३१ वर्षीय खडकसिंह ऐर र मझगाउँ आर्मी व्यारेकमा कार्यरत माइते माझी रहेका प्रहरीले बताएको छ। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box