धनगढी: परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा आज कैलालीको धनगढी पुगेकी छन्। डा. राणा देउवा कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यासका लागि आज धनगढी पुगेकी हुन्। झण्डै सात अर्ब खर्च अनुमान गरिएको उक्त केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको मुख्य लगानी छ। ढकालले यसअघि काठमाडौंको चन्द्रागिरी, गैंडाकोट र बुटवलमा केबलकार सञ्चालनमा ल्याइसकेका छन्। चिसापानीको परियोजनामा भने जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको पनि लगानी रहेको बताइन्छ। परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस्तै आजै नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल पनि आज सुदूरपश्चिम पुगेको खबर छ।…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: न्याय परिषद्ले २५ न्यायाधीशको सरूवा गरेको छ। परिषद्का अनुसार उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ। यस्तै एक न्यायाधीशको काज सरुवा सिफारिस भएको छ। त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुुटेको छ। कांग्रेस संसदीय दलका नेता एवंम् मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच प्रदेश सभाका विषयगत समितिका सम्बन्धमा सहमति जुटेको हो। दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा÷एउटा समितिको सभापति लिनेछन्। नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिको सभापति दिनेगरि भागबण्डा मिलको छ। दुई दलले…
धनगढी: दार्चुलामा करीब सवा लाख नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरिएको छ। बिहीबार मालिकार्जुन गाउँपालिका–४ देवधुराका ४० वर्षीय भुवन सिंह धामीको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक लाख १३ हजार ७७५ नगद र दुई गड्डी तास बरामद गरेर थप अनुसन्धान भइरहेको छ।
धनगढी: कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–४ की २८ वर्षीया मनीका कठरीयाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–७ खैरेनीस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
धनगढी: पत्नी कुटेर सिकिस्त बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। बिहीबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो। केही समय अगाडि श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। उनी मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत हुन्। घरायसी विवादका क्रममा उनले पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेका…
काठमाडौं: जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घुससहित पक्राउ परेका सई बुढाथोकीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। बुढाथोकीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको…
काठमाडौं: नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो। गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका ३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ का बुद्धिमान तामाङ छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी…
टीकापुर: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। विश्वविद्यालयको बाह्रौँ सिनेट बैठकले गरेको निर्णयअनुसार स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको हो। कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारीले यसवर्ष बाली विज्ञान विषय र आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, माटो विज्ञान आदि विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको बताए।
धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार मृतक बाजुराको बढीमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्मराज खत्री हुन्। खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक समेत हुन्। प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार उनकी केटी साथी (डोटी घर भएकी स्वास्थ्यकर्मी) २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२प९४१६ नम्बरको मोटरसाइकलमा र…