Author: महेन्द्रनगर पोष्ट

बझाङ- बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षीया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। अत्याधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा. मिलन खड्काले बताए।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More

धनगढी – भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा शुक्रवारका लागि पेशी तोकिएको छ । २०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित…

Read More

काठमाडौं – नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ । पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो । बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ ।

Read More

काठमाडौं – प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् । नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटले जनाएकाे छ । बुधबार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

Read More

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट…

Read More

गुल्मी – गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो । मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । वडाध्यक्ष रायमाझीका अनुसार जेसीवीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् । जेसीबी मालिकलाई भने प्रहरी कार्यालयमा बोलाइएको डिएसपी…

Read More

काठमाडौँ – राष्ट्रिय दलित आयोगले दलित समुदायका विद्यार्थीको भर्ना नलिने शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई स्पष्टीकरण सोधेको छ । आयोगले गुरुकुललाई पत्राचार गर्दै घटनाको सत्यतथ्य के हो भनेर जवाफ मागेको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माले बर्दियादेखि आएका बालकहरूलाई गुरुकुलले भर्ना नगरी फिर्ता गरेको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि पत्राचार गरेर प्रष्टीकरण माग गरेको बताए । ‘घटना बाहिर आउने बित्तिकै आयोगको ध्यानाकर्षण भएको छ, आयोगले गुरुकुललाई पत्राचार गरेर स्पष्टीकरण सोधेको छ भने पीडित परिवारसँग समेत सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने । बर्दियाको बारबर्दिया नगरपालिका–६ का चार जना दलित बालकहरू गुरुकुलमा भर्ना हुने पुगेका थिए । तर, गुरुकुलले बालकहरूलाई एक…

Read More