Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- यस वर्षको मनसुनी प्रणाली नजिक आउन थालेको जलत तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा रहेको मौसमविद् हिरा भट्टराईले बताइन् । भारतबाट नेपालतर्फ सर्नेक्रममा मनसुन चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको उनको भनाई छ । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव छ । त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

Read More

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर बिनोद शाहीको मृत प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन गरिएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उक्त टोली शनिबार साँझ नै अछाममा खटाइएको हो । यसैगरि जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि इन्स्पेक्टर सन्दीप शाह नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।…

Read More

रुपन्देही- रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलन गर्ने भएको छ । प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिवार बसेको पार्टी सचिवालय बैठकले पालिका चुनावको गम्भीर समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा एकरएक जना सचिवालयका सदस्यलाई खटाउने निर्णय गरेको हो । पाँच दिनभित्र सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेसमा रामचन्द्र झा, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । बैठकमा…

Read More

बैतडी- जिल्ला समन्वय समिति (जिसस) बैतडीमा नेपाली कांग्रेस, माओवादी र स्वतन्त्र एक भएका छन् । स्वतन्त्रसहितको गठबन्धनसंग एमाले एक्लै भिड्ने भएको छ । जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट हेमा भट्ट (कपाडी), खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता गराएको छ । यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुक खुला तीन महिला सदस्यमा…

Read More

आज २२ जेठ २०७९ आइतवार । यस्तो छ आजको राशिफल मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धि र विवेकको जति प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय सहयोग पनि…

Read More

डोटी- जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध चयन भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध भएका हुन्। आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदहरुमा निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले बताए । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन्। सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन्। पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन्। खुला सदस्यमा रामबहादुर…

Read More

कैलाली- कैलालीमा जिल्ला समन्वयन समिति (जिसस) गठनका लागि दुई दिनअघि गठबन्धन बाहिर गई नेकपा एमालेसँग लिखित सहमति गरेको नेकपा माओवादी केन्द्र पुनः गठबन्धनमै फर्किने भएको छ। शनिबार बिहान बसेको गठबन्धनको बैठकपछि गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जिससमा पनि गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् । जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए। ‘जिससमा गठबन्धनलाई नै निरन्तरता दिने हस्ताक्षरसहितको सहमति भइसकेको छ,’ उनले भने, प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ । उनले सदस्यका विषयमा छलफल जारी रहेको बताए । बिहीबारमात्रै कांग्रेस…

Read More

कैलाली- धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। सो ठाउँका ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ वस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ वस्ने शान्तराम चौधरी रहेका छन् । उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ।

Read More