दार्चुला – व्यासँ गाउँपालिका वडा नं १ छाङरुका भास्कर सिह लाला नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्षमा चयन भएका छन । उनी सर्वसम्मत अध्यक्षमा चयन भएको बताइएको छ ।
भास्कर सिह लाला व्यासँ गाउँपालिकाका स्थानीय बासिन्दा हुन । दार्चुलाबाट उनी चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्ष बन्ने पहिला व्यक्ति हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल चार्टर्ड एकाउन्टेडस ऐन २०५३ अन्तरर्गत स्थापना भएको नियमनकारी निकाय हो ।
यसले नेपालमा लेखा सम्बन्धि पेशा तथा शिक्षा क्षेत्रलाई नियमित गर्न नियमनकारी निकायको रुपमा काम गर्ने गरेको छ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो ।
Facebook Comments Box