काठमाडौं: राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन्।
गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ गरिएको बुझिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले नियन्त्रणमा लिएको बताए।
बोहराले भने, ‘गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्नुभयो। हामीले त्यसपछि नियन्त्रणमा लिएका हौं।’
यस अगाडि आजै गणतन्त्र उल्ट्याएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन सडकमा ओर्लिएका राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापा समातिएका थिए।
राजावादी आन्दोलनको तेस्रो दिन आज नक्सालस्थित नारायणचौरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि थापासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।