Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यस महाअभियोग प्रस्तावमा सभामुख ज्युको जिम्मेवारी र दायीत्य हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नहरुको जवाफ पाउने ? यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’ आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा…

Read More

सुनसरी- बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् । टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त टोली उद्दारमा खटिएको थियो । उद्धार टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला पारेको हो । साथै घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका–६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन् ।…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पत्र बुझाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले निगमलाई पत्र बुझाएको हो । सोमबार पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गर्दै पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको शाहीले बताए । राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगायतका बिषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भिभिआपीलाई कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने जानकारी पनि माग गरिएको छ। आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि…

Read More

काठमाडौं – नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् । त्यसअघि पहिले…

Read More

काठमाडौं – आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए । गृहमन्त्री खाणले जीवनलाई शान्त, फलदायी र उत्पादनमुलक बनाउन योग प्रभावकरी…

Read More

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको मूल्य समेत बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।

Read More

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

Read More

सुर्खेत- कर्णाली प्रदेशको बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ। प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्याङ्कको निरन्तर अद्यावधि गर्ने प्रणालीको विकास गर्न, बालविवाह अन्त्यसम्बन्धी नीति कानुनको कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न, प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न ध्यानाकर्षण गरिएको छ ।

Read More

डडेलधुरा – डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो । दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।

Read More

काठमाडौं – सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More