Author: महेन्द्रनगर पोष्ट

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

Read More

काठमाडौं – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिईन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिईन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

Read More

मङ्गलबारे– जबरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्य समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए । नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।

Read More

एजेन्सी – अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो । यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । प्रशासनले भन्यो कि…

Read More

काठमाडौं – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एसियाली छनोटमा नेपाल ५ मध्ये ३ मा जित निकाल्न सफल भयो । ३ खेल जितेसँगै ६ अङ्क जोडेको नेपाल छनोटमा तेस्रो स्थान प्राप्त गर्न सफल भयो। छनोटमा शीर्ष स्थान प्राप्त गरेको यूएईले भने दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ ।

Read More

काठमाडौं – सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्। मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनीकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेका हुन्। मनसुनजन्य प्रकोपहरूबाट सिर्जित विपद्का घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। त्यसैले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकायले पूर्व तयारी अभ्यास गरेको हो।

Read More

काठमाडौं – अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्। उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ । चार दिनको भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। शुक्रबार नै जङ्गी अड्डाको भ्रमण गर्दै फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। भ्रमणतालिका अनुसार फ्लिन आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यसपछि शिवपुरी जानेछन्। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड…

Read More

काठमाडौं – महिलाको हत्या गरी फरार रहेका प्रतिवादी दार्चुलाबाट पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरेको हो । भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेर करणी गर्न खोजेपछि ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ…

Read More

एजेन्सी – हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् । भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।…

Read More