Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् । शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्यत्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ । ‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ ? भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,’ संकल्प प्रस्तावमा भनिएको…

Read More

काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको…

Read More

काठमाडौं – संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो । मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो । प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५-२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७-२८ जेठमा मिति तय भएको छ । त्यस्तै, बागमती र लुम्बिनीमा ३०-३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने…

Read More

बझाङ- बझाङका पत्रकार कर्ण धामीमाथि कुटपिट भएको छ। रेडियो जयपृथ्वी एफएममा कार्यरत धामीमाथि विहीबार राति ९ बजे कुटपिट भएको बताइएको छ। शुक्रबार एफएमले एक प्रेस विज्ञप्ति जारी गर्दै धामीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । बिहीबार राति श्रद्धाञ्जली प्रसारण गराउन भनी आएका सुर्मा गाउँपालिका ४ का खडक बोहरा नाम बताउने व्यक्तिले धामीमाथि कुटपिट गरेको एफएमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। उनी मदिरा सेवन गरी एफएम स्टुडियोभित्र पसेका र श्रद्धाञ्जली छिटो प्रसारण गर्नुपर्छ भन्दै गालीगलौच र कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको जनाइएको छ। श्रद्धाञ्जलीमा मृतकको नाम नभएको अवस्थामा सूचना दिने बोहरालाई पनि नाम थाहा नहुँदा अन्यत्र…

Read More

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व९पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक÷दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का…

Read More

बैतडी- बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टका अनुसार बिहीबार साँझ ७ बजेतिर खिपाली नजिकै रहेको बान्नरो भिर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।

Read More

डडेल्धुरा- डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित डडेल्धुरा–दीपायल सडकखण्डमा गन्यापधुरा–३ कै अन्दाजी ४५ वर्षीय भल्लु दमाई मृत फेला परेका हुन् । उनको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनी गएराति साढे १२ बजेतिरको समयमा सडकमा मृत भेटिएका प्रहरीले बताएको छ। ठक्कर दिने सवारी साधन के हो भन्ने नखुलेको र खोजतलास भइरहेको जनाइएको छ। मृतक दमाईको मानसिक अवस्था ठिक नभएको बताइएको छ।

Read More

कैलाली- कैलालीमा जिल्ला समन्वय समिति गठनका कांग्रेस बाहिरै रहने देखिएको छ । समन्वय समिति नागरिक उन्मुक्ति पार्टी नेतृत्वमा माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो। त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। उनका अनुसार ३० गते हुने जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ छ । १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि…

Read More

काठमाडौं- रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार यस्तो दाबी गरेका हुन् । “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ” उनले भने । उनले देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको बताए । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

Read More