Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ । संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एनटोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् । भारतले सन् २०१८ देखि राष्ट्रसंघीय विश्व सञ्चार विभागसँग साझेदारी गर्र्दै हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ । अरबी,…

Read More

काठमाडौं – कुमारी घर, बसन्तपुर-नेपाली संस्कृतिका अंग्रेजी भाषा माध्यमबाट सिद्धहस्त विद्वान् लेखक सिद्धि बहादुर रञ्जितकारद्वारा लिखित “कुमारी: बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत)” पुस्तकको लोकार्पण कुमारी घरमै एक सांस्कृतिक समारोहबीच सम्पन्न भएको छ । साक्षात् जीवित देवी कुमारीको इतिहास, संस्कृति र महत्त्व विश्लेषण सहित प्रस्तुत गरिएको पुस्तकको लोकर्पण कुमारी संस्कृतिका लेखकद्वय सिद्धि बहादुर रञ्जितकार र दुर्गा शाक्यले संयुक्त रुपमा गरिएको हो । कर्यक्रममा पुस्तकबारे संक्षिप्त मन्तव्य राख्दै लेखक रञ्जितकारले पुस्तकमा कुमारी संस्कृति नेपाली समाजको शक्तिको स्रोत रहँदै आएको र यसले मल्लकालमै व्यापकता लिएको स्पष्ट पारे । पुस्तकबारेमा विद्वान् विश्लेषकहरुको प्रतिकृया अपेक्षा गरेको पनि उहाँले मन्तव्यका क्रममा बताए । कार्यक्रममा पुस्तकबारे…

Read More

कैलाली – कैलालीको गोदावरी नगरपालिका-५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी-८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न. को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी-५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो । घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ…

Read More

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेदेकोट नगरपालिका ६ मुसेपानी बस्ने १८ वर्षीय विकाश चौधरी र भिमदत्त नगरपालिका २ महौलिया बस्ने २५ वर्षीय सुवाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।  ईलाका प्रहरी कार्यालय बेल्डाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ ग्राम ६९० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले बताएको छ। बेल्डाँडी गाउँपालिका ३ राधाकृष्ण माघ्यमिक विद्यालयबाट लु ८४ प ८१०८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल स्यानिटरी प्याड उत्पादक संघले स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न आग्रह गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी संघका पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष यस्तो आग्रह गरेका छन् । भर्खरै सार्वजनिक भएको बजेटमार्फत विदेशबाट आयात हुने स्यानिटरी प्याडमा भारी मात्रामा छुट दिने घोषणा गरिएपछि स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको छ । उनीहरुले आफूहरुको लगानीको पनि जोखिम बढेको भन्दै तत्काल सरकारले आफ्नो निर्णयमा पूनरावलोकन गरोस भन्ने संघको चाहना छ । स्वदेशी स्यानिटरी प्याड उद्योगको अरबौं लगानी डुब्न नदिन र सरकार स्वदेशी उद्योगको संरक्षणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न साविककै…

Read More

दाङ – दाङमा प्रहरीको हुँ भन्दै पैसा असुली गरेको आरोपमा प्रहरीले एक जना व्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका-१४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

Read More

काठमाडौं- गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ । एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए । उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन्…

Read More

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, “जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनुहोला ।” आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, “परम्परागत पहिचानलाई संवर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।” उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको कार्यालय घेराउ गर्ने भएको हो । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गरे । उनले भने,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन ? आज यो खतरा पैदा भएको छ ।’ आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा…

Read More

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए । पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

Read More