Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनका अनुसार चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब भएपछि शुल्क वृद्धि गरिएको उनको भनाई छ । विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं- भारतका लोकप्रिय गायक कृष्णकुमार कुननाथको मृत्यु भएको छ । उनको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले चिनिने ५३ वर्षीय उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका उनलाई त्यहाँबाट फर्किएपछि निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनका अनुसार केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ । केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए । तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका…

Read More

सिरहा- सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो । घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो । घटनामा संलग्न…

Read More

काठमाडौं- हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन्। मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ। संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ। संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी…

Read More

बैतडी- निर्वाचन कार्यालय बैतडीले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनु आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले पालिका चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने बताएका छन् । बैतडीमा पालिका चुनावमा १ हजार ४ सय ८ जना उम्मेदवार रहेका थिए । ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन अधिकारी फुयालले बताउनुभयो ।

Read More

सप्तरी- सशस्त्र प्रहरी सीमा सुरक्षाबलले चार किलो चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको २८ जोडी (४ किलो) चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । चौधरी कम्मरमा लुकाएर ल्याउदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना बरामद भएको हो । चौधरीलाई आवश्यक कारवाहीका…

Read More

काठमाडौं- आफूलाई दूर्व्यवहार भएको आरोप लगाउने ‘कबड्डी–४’ कि नायिका मिरुना मगर र आरोपी फुर्पा तामाङले एक अर्कासँग माफी मागेका छन् । मंगलबार दुवै पक्षबीच सहमति भएपश्चात् फुर्पाले आफूले गरेको दूर्व्यवहारप्रति माफी मागे भने मिरुनाले पनि फुर्पालाई भाई सम्झेर माफी दिँदै यस घटनाले सम्बन्धित सम्प्रदायप्रति असर पुगेको भन्दै माफी मागिन् । सहमति पत्रमा भनिएको छ, ‘मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धि घटनामा मुगु घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी गरेकी छन् ।’ त्यसपछि मिरुनाले पनि यस घटनाले सम्बन्धित धर्म, सम्प्रदाप्रति पुगेको असरमा माफी मागेकी छन् ।

Read More

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्। राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

Read More

दार्चुला- जिल्लाको दुहुँ गाउँपालिका भरीका सबै सामुदायिक विदालय र कार्यालयहरुमा विद्युतीय हाजिरी व्यवस्थापन गरिने भएको छ । मंगलबार बसेको दुहुँ गाउँकार्यपालिकाको बैठकले कर्मचारीको कामलाई प्रभावकारी बनाउन इहाजिरी व्यवस्थापन गरिन लागेको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर बडालको अध्यक्षतामा बसेको बैठकले सुशासन कायम गर्न हरेक विद्यालय र गाउपालिकाअन्तर्गत कार्यालयमा विद्युती हाजिरीको व्यवस्थापन गरिने अध्यक्ष बडालले जानकारी दिनुभयो । यस्तै आजकै बैठकले गाउँपालिका भरी संञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्मकुनै पनि विषयमा शुल्क नलिन पालिकाभरीका विद्यालयहरुलाई जानकारी गराउने निर्णय समेत गरेको पालिका अध्यक्ष बडालले जानकारी दिनु भएको छ । गाउँपालिकामा रिक्त रहेका पदहरुमा लोकसेवाबाट…

Read More