Author: महेन्द्रनगर पोष्ट

पोखरा – पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउडमा अनिवार्य विरुवा रोप्न नगरवासीलाई आग्रह गरेका छन् । विश्व वातावरण दिवशको अवसरमा आईतबार महानगर पालिकाका मेयर धनराज अचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरेका हुन् । महानगरपालिकाले आईतबार ५० औं विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर – एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी दिएका हुन् । केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं । ६ महिनाभन्दा बढी भइसक्यो । त्यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्यौं ।’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्यक्ष)ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ ।’ उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्नु पर्ने बताए । उनले भने, ‘पार्टीले…

Read More

काठमाडौं – नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उहाँले भन्नुभयो, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताउनुभयो । नेपालमा सामान्यतया मनसुन…

Read More

– लोकनारायण सुवेदीविश्वमा अहिलेसम्म के मानिदै आइएको छ भने  मानिसको जनसंख्या सन् १३५० मा आएको भयंकर ठूलो महामारी ‘कालो मृत्यु’ अर्थात ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको हाे । यसरी जनसंख्या बृद्धि सन्१३५० पछि शुरु भएको देखिन्छ । त्यसको कारण सुध्रिदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । यद्यपि बिश्वमा जनसंख्याको बृद्धि दर बर्ष सन् १९८० पछि घट्न थाल्यो । तर पनि जनसंख्याको पूर्णाङ्क संख्या फेरि पनि बृद्धि नै हुँदै रह्यो रहिरहेकाे छ। आजभन्दा झण्डै ३ बर्ष जति अघिको एउटा अनुसन्धान प्रतिबेदनले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३.४ करोड मानिस यो पृथ्वीमा थिए ।आजका दिन…

Read More

जनकपुर– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आगामी (आव) २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिबार बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा (आव) २०७९/८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद…

Read More

एजेन्सी – बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । आगलागी तथा विस्फोटका कारण ३४ जनाको मृत्यु भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन् । आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास…

Read More

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले शेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर निर्देशन दिएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् । संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४÷१२ को नीति परिवर्तन गर्नुपर्ने, कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को व्यवस्था परितर्वन गर्नुपर्ने भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने जस्ता माग राखेर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए । प्रधानमन्त्री देउवाले गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न संघसँगको सहकार्यमा नीति बनाउन र लगानीकर्ता समस्यामा परेको भन्दै गम्भिर भएर…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्ने समेत वचन दिइन् । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्। काठमाडौंको फोहोर व्यवस्थापन…

Read More

रुपन्देही – रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् । दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी…

Read More

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिए । गत आर्थिक वर्षमा जङ्गली…

Read More