Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १९२ जना कोरोनामुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ जना पुगेको हो । त्यस्तै नेपालमा थप ६५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७९४७ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९२ कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै देशभर थप ८८ हजार ४८८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाका कारण कसैको…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’ संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । ‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै…

Read More

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय का‌ंग्रेसले नगरेकाे बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । ‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित् छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’ पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्राे साताभित्र…

Read More

काठमाडौं – यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो । पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे…

Read More

बैतडी – ‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो । उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज छ । म‌ंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण…

Read More

काठमाडौँ – स्काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ । गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए । पीडित परिवारले अछाम घर भएका ३८ वर्षीय कपील भण्डारीले खुकुरी हानेको दाबी गरेका छन् । खुकुरी हानेको घटना महानगरीय प्रहरी वृत बानेश्वरले गुपचुप राखेको छ । खुकुरी प्रहार गरेको ३ दिन भैसकेको छ । तर, आरोपीलाई प्रहरीले पक्राउ गरेको छैन । खुकुरी प्रहारबाट कमन सिंह बोगटी घाइते भएका छन् । बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको छ । उनी नेकपा एमाले निकट युवा संघमा आवद्ध छन् ।युवकमाथि खुकुरी प्रहार…

Read More

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो । माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा बताए । उनले न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न महाअभियोगको प्रस्ताव ल्याएको जानकारी दिए । १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेस गर्दै उनले पारित गर्न…

Read More

काठमाडौं – सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेश गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन् । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।

Read More

काठमाडौं – नेकपा एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए। यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे। साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन्। यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन्।

Read More