काठमाडौं – सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेश गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन् ।
एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।
Facebook Comments Box