Author: महेन्द्रनगर पोष्ट

दाङमा – दाङमा खैरो हेरोइनसहित २ जना पक्राउ गरेको छन् । उनीहरूलाई गए राति घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुमको पुथा-उत्तरगंगा गाउँपालिका-७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका-१६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन् । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लास्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डिसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ…

Read More

तनहुँ – खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए।

Read More

काठमाडौँ – लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तीर्ण भएको उल्लेख छ । मन्त्री खान मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा सङ्कायमा भर्ना भएका उनले अहिले परीक्षा दिँदैछन् । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि गएका छैनन् । खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी…

Read More

काठमाडौं – वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले हेर्न आउने चलन छ। मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने…

Read More

जनकपुरधाम – मधेस सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । मन्त्री परिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Read More

एजेन्सी – पछिल्ला दिनमा विश्वभर नै मंकीपक्सका संक्रमित बढ्दै गएका छन् । यसैबीच फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् । फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् । हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा…

Read More

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । विसं २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको हो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी…

Read More

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ गर्न लागेको हो ।    व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिनुभयो । “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास लिएका छौँ”, अध्यक्ष चाकुबजीले भन्नुभयो ।     मेलाले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथमिकता दिने जनाइएको छ । यस्तै,…

Read More