Author: महेन्द्रनगर पोष्ट

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

Read More

सुर्खेत – रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामबमोजिम नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरीकुमारी शर्मा विजयी भएका छन् । कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा माओवादीका वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उपप्रमुखमा माओवादीकी ईश्वरी शर्मा सात हजार दुई मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन् । १४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाध्यक्ष पदमा माओवादी र तीन वडाका कांग्रेस विजयी भएकाे छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरेका छन् । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उनले लेखेका छन् । एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उनले बताएका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ । नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै…

Read More

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी कैंची चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका थिए । महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङसमेत अस्पताल पुगेका थिए । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट…

Read More

काठमाडौं – गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं. २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं. ७ मा मतदान जारी छ । यसैगरी बाराको पचरौता नगरपालिका वडा नं. २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं. २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका हुन् । हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका…

Read More

मोरङ – विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पताल अगाडि र सोही महानगरपालिका-५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेहरुमा जहदा गाउँपालिका-१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, सोही ठाउँ बस्ने २० वर्षीय पन्नलाल राजबंशी, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका-४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, कटहरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र सोही ठाउँ बस्ने ३५ वर्षीय मनकाजी राई रहेका छन् । उनीहरुमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष र किशोर चोरी कार्यमा तथा…

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ । काँग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गरेको जनाइएको छ । यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी…

Read More

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा काँग्रेस र माओवादी केन्द्र मात्रै विजयी भएका छन् । ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक कर्ण मल्ल नेतृत्वको काँग्रेस (बीपी)संग तालमेल गरेर पनि निल भएको छ । ०७४ सालमा पर्शुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेको कांग्रेसले ०७९ मा पाँच पालिकामा जित हात पारेको छ । ०७४ मा जितेको आलिताल यसपटक भने गुमाएको छ । ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा जित निकालेको छ । आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।

Read More