डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ ।
जिल्लामा काँग्रेस र माओवादी केन्द्र मात्रै विजयी भएका छन् । ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक कर्ण मल्ल नेतृत्वको काँग्रेस (बीपी)संग तालमेल गरेर पनि निल भएको छ ।
०७४ सालमा पर्शुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेको कांग्रेसले ०७९ मा पाँच पालिकामा जित हात पारेको छ । ०७४ मा जितेको आलिताल यसपटक भने गुमाएको छ । ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा जित निकालेको छ । आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।
Facebook Comments Box