दार्चुला: सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ।
तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए।
छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो। चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन्। सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन्।
प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो।
Facebook Comments Box