Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको मृत्यु भएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ । सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी…

Read More

काठमाडौं – संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

Read More

काठमाडौं – प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन् । ‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो बिडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् । सांसद संग्रौलालले नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्नेबेला किसानहरुले मल पाउन नसकेको उनले जनाइन् । ‘महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ,…

Read More

नयाँदिल्ली – भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ । पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट…

Read More

काठमाडौं – भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोँकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बङ्गालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे । प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाससहित पेस्तोल बरामद भएको…

Read More

काठमाडौं – सुनको मूल्य आज ५०० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । आज काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए । ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुस् ।’ काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए । उनले भने, ‘मलजल गर्‍यो भने नेपाली काँग्रेस अझ राम्रो हुन्छ । पार्टी…

Read More

धनगढी – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब बहादुर तामाङ, पुनरवास नगरपालिका-१ बस्ने ३५ वर्षीय कान्छा तामाङ र पुनरवास नगरपालिका-१ बस्ने २८ वर्षीया अन्जु सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-१ सेती प्रादेशिक अस्पताल नजिकबाट डब बहादुरलाई ३० ग्राम, सोही उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट कान्छालाई १० ग्राम र थप अनुसन्धानका क्रममा सोही उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अन्जुलाई नगद ४९ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । लागूऔषध खैरो हेरोईन बिक्री वितरणमा एउटा समूह नै सक्रिय…

Read More

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो ।…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानासँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि…

Read More