काठमाडौं – प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन् ।
‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो बिडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् ।
सांसद संग्रौलालले नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्नेबेला किसानहरुले मल पाउन नसकेको उनले जनाइन् ।
‘महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण छैन । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।