धनगढी: कैलालीमा चन्दा आतंक मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय, बौनियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आज बिहीबार बर्दगाेरिया गाउँपालिकामा पुगेर सहयाेग रसिद देखाएर चन्दा माग्ने क्रममा श्रमिक कम्युनिष्ट पार्टी नेपालका कैलाली संयोजक (अछाम तुर्माखाद गाउपालिका ४ चिसी) घर भएका ३६ वर्षीय तिलक बहादुर बयक र रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष अन्दाजी ३२ का मुक्तिराम गैरेलाई नियन्त्रणमा लिइएको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेकाे भनी गुनासाे आएपछि इलाका प्रहरी कार्यालय बाैनियाकाे टाेलीलाई दुवै जनालाई बिहीबार पक्राउ गरेकाे जानकारी दिए।
उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेटसहित ३ थान ठेली (नगदि रसिद) समेत बरामद गरिएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय बाैनीयाले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।