Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डी ४’ बन्द गर्न मागसहित फिल्मको पोस्टर जलाइएको छ । फिल्मकी मुख्य नायिका हुन मिरुना मगरमाथि दुर्यवहार गरेको आरोपमा पक्राउ परेका लामा फुर्वा तामाङको रिहाइको मागसहित लामाका समर्थकहरुले फिल्म बन्द गर्न पोस्टर जलाएका हुन् । उनका समर्थकहरुले के एल टाउर अगाडी सो फिल्मको पोस्टर जलाएका हुन् । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी फिल्मकी मुख्य नायिका हुन मिरुना मगरले सिभिल मलमा आइतबार साझ एक ब्यक्तिले गलत तवरले छोएर दुव्र्यवहार गरेकोप्रती प्रतिकार गर्दै थप्पड हानेकी थिइन् । यतिमात्र नभएर मिरुनाले जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार…

Read More

काठमाडौं – पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् । पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम)सहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा…

Read More

काठमाडौं – भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विभागको सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीर्ण भएका छन्। लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ। विभागले लोकसेवा आयोगसँगको सहकार्यमा परीक्षा सञ्चालन गरेको हो। लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए। परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – दुर्घटनाग्रस्त तारा एयर 9N-AET विमानको ब्ल्याकबकस फेला परेको छ। आज बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो। प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ। विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए। दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ। ब्लाकबक्स आगलागी हुँदासमेत नजल्ने प्राविधिकहरुले जनाएको छ। यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ। आयोगका…

Read More

कैलाली- कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् । श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ। ‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब थप १२ शव आज काठमाडौं पठाउने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले भने। दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए। दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए। आइतबार पोखराबाट…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक मंगलबार पनि बस्दैछ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलका अनुसार १० बजेपछि बैठक बस्नेगरी बोलाइएको छ । यसअघि सोमबार बसेको बैठकले फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गरिने, सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने लगायतका निर्णय पनि भएको थियो ।

Read More

काठमाडौं- आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । विश्वमा हरेक…

Read More

बैतडी- नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दा समेत बैतडीका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ। विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भने एक दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने नकारी पाएको बताए। बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक पर्ने बताइन्छ। जिल्लामा ५४० सामुदायिक…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका १ रडाहमा किसानलाई बाख्रा पालन तालिम दिन थालिएको छ । बेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किसानलाई बाख्रा पालन तालिम शुरु भएको हो । नगर उपप्रमुख तुलसी जोशीको तालिम उद्घाटन गर्नुभयो । नगर प्रमुख, उप प्रमुखलाई बेदकोटका विभिन्न सघ संस्थाहरुले निरन्तर सम्मान गरिरहेका छन् ।

Read More