Author: महेन्द्रनगर पोष्ट

ललितपुर – अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले जनचेतनामूलक साइकल यात्रा आयोजना गरेको छ । शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् । विगतमा जनचेतना अभावमा महिलाले ‌घरबाटै विभेद भोग्नु परेको उल्लेख गरे । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’ उनले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले भने, ‘यहाँ गाली गर्नेलाई ३ घण्टा छ, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।’ उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरूले बोल्दा अवरोध गर्ने गरेको बताए । ‘सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा…

Read More

काठमाडौं – पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् । ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् । ‘यो सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ओलीले राष्ट्रियता र प्रजातन्त्रबारे लामो ब्याख्या गर्नुभयो, मैले सुनिरहेँ’ उनले भने, ‘‘म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक र कालापानीसम्बन्धी पुस्तक उहाँले रोक लगाउनुभयो…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गर्नुभयो । सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो । बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गर्नुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन…

Read More

काठमाडौं – नेकपा एमालेकी सांसद शान्ता चौधरीले संसदमा कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गरेकी छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले अध्यक्ष केपी शर्मा ओलीबारे रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए । चौधरीले सामाजिक सञ्जालमा लेख्दै थापालाई प्रश्न गरेकी हुन् । उनले लेखेकी छिन्,- ‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक अहिले विशिष्ट सन्दर्भमा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको नीति तथा कार्यक्रममा निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ जोड दिईएको सुनाए । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दाहालले यस्तो बताएका हुन् । उनले देश अहिले धेरै तरिकाबाट संकटमा र अप्ठ्यारोमा रहेको स्मरण गराए । उनले अहिले सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले राष्टिय सहमति र समझदारीतर्फ जानुपर्ने बताए । उनले अहिले एकले अर्कोलाई दोषारोपण गरेर समस्याको समाधान नहुने पनि सुनाए । उनले अहिलेको स्थानीय तहको निर्वाचनमा ठूलो जनसहभागिता…

Read More

जुम्ला– आज २८ मे अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ । यही क्रममा जुम्लामा पनि चन्दननाथ–९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड वितरण गरिएको छ । एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा महिनावारी मैत्री शौचालय भए नभएको, महिनावारी हुँदा गरिने खानपिन तथा सरसफाइ बारे छलफल गरिएको छ । कार्यक्रममा किशोरीहरूमा महिनावारी बारे पर्याप्त सूचनाको अभाव रहेको र त्यसले उनीहरूको शिक्षा र स्वास्थ्यमा असर परेको एसएनभी नेपालका नन्दलाल धरालाले बताए । महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । महिनावारी स्वच्छता…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए । सो अवसरमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहङ्कार यति धेरै धम्स नहुने हो भने अरू सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ तर, केपी ओलीकै व्यवहारका कारण सिङ्गो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन्, ‘उहाँ (ओली)ले जस्ता शब्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’ ०७४ को प्रदेश र सङ्घीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’ राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।

Read More